काठमाडौँ – सरकारले विद्यालयसँगै मनोरञ्जनका क्षेत्र र आमसभा/जुलुस गर्न बन्द गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


आज बसेको मन्त्रिपरिषद्को वैठकले सिनेमा हल, रात्रीकालिन मनोरन्जन क्षेत्र, डान्सबार, क्लब, दोहोरी, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल, सभा, आमसभा, जुलुस, हाटबजार, दर्शकसहितको रंगशाला हुने खेलकुद, भीडभाड हुने सबै कार्यक्रम बैसाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


साथै, मठमन्दिर, मस्जिद गुम्बामा नित्यपूजा भने यथावत राख्ने निर्णय सरकारले गरेको छ । मन्त्रिपरिषद्को निर्णय अआजदैखि कार्यान्वयनमा आउने शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।