काठमाडौँ – सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


आज बसेको मन्त्रिपरिषद्को वैठकले काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, भरतपुर, काँकडभिट्टा, बिर्तामोड, दमक, बिराटनगर, इटहरी, धरान, बीरगंज, जनकपुर, राजविराज, हेटौंडा, भैरहवा, पोखरा, बुटवल, घोराही, तुलसीपुुर, नेपालगंज, धनगढी, भीमदत्त नगरजस्ता सहर र सदरमुकाममा विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


कोरोना संकट नियन्त्रण तथा उपचार केन्द्र (सीसीएमसी) को शनिवार बसेको बैठकले सरकारलाई बैसाख मसान्तसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो । उक्त सिफारिसलाई स्वीकृत गर्दै मन्त्रिपरिषद्ले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

सरकारले अन्य जिल्लामा भने स्थानीय तहलाई नै जोखिमको अवस्था हेरेर विद्यालय बन्द गर्ने/नगर्ने निर्णय गर्न दिने अधिकार दिएको छ ।