काठमाडौँ – पछिल्लो समय नेपालमा पनि कोरोनाको दोस्रो लहर तिव्र रुपमा फैलिँदै गएको बताउँदै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ९ बुँदे निर्देशन दिएको छ । कोरोनाको जोखिम न्यूनीकरणका लागि राष्ट्र बैंकले सतर्कतासहित बैंक् तथा वित्तीय संस्था सञ्चालन गर्न निर्देशन दिएको हो ।


ADVERTISEMENT


नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले जारी गरेको मापदण्डअनुसार सुरक्षित रुपमा सेवा प्रदान गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो । राष्ट्र बैंकले डिजिटल सेवालाई प्राथमिकता दिएर भौतिक उपस्थितिलाई धेरै भन्दा धेरै कम गर्न र सभा गोष्ठी नगर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । यस क्रममा सेवाग्राहीको भिडभाड हुन नदिन, भौतिक भन्दा बढी डिजिटल सेवालाई प्राथमिकता दिन, एटीएम बुथ खुला राखेर स्यानिटाइजर एवं टिस्यु पेपर राख्न लगायतका निर्देशन राष्ट्र बैंकले निर्देशन दिएको छ ।


ADVERTISEMENT

# # #


कर्मचारीहरूको समूह विभाजन गरी समूहबीमा प्रत्यक्ष सम्पर्क नहुने वातावरण निर्माण गर्न, रिमोट एसेस, वर्क फ्रम होम, सिफ्टवाइज वर्क जस्ता उपाय अवलम्बन गर्न राष्ट्र बैंकको सुझाव छ । कुनै कर्मचारीलाई कोरोनाका लक्षण देखिए वा शंका लागेमा तत्काल परीक्षण गरी कन्ट्याक्ट ट्रेसिङमा परेका कर्मचारीलाई क्वारेन्टिनमा राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

यस्तो छ बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले दिएको ९ बुँदे निर्देशन :