काठमाडौँ – काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत नेदरल्याण्डविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ राजेको नेपालले दोस्रो विकेटका रुपमा कप्तान ज्ञानेन्द्र मल्ललाई गुमाएको हो । कप्तान मल्लले आउट हुनुअघि १४ बलमा २० रन बनाए । कुशल भुर्तेलसँग दोस्रो विकेटका लागि ४३ रनको साझेदारी गरेका उनले २ चौका र १ छक्का प्रहार गरे ।


ADVERTISEMENT

# # #


यसअघि ओपनर आशिफ शेख पशिलो विकेटका रुपमा शून्य रनमै आउट भए । ताजा अवस्थामा नेपालले १० ओभरमा ८३ रन बनाएको छ । क्रिजमा कुशल भुर्तेल ४२ तथा दीपेन्द्र सिंह ऐरी १३ रन बनाएर खेलिरहेका छन् ।

आजको खेलमा नेदरल्याण्ड पहिलो खेलमा ब्यहोरेको हारको बदला लिन चाहन्छ भने नेपाल आफ्नो विजयी यात्रालाई कायमै राख्न चाहन्छ ।