काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो अर्धशतक बनाएका छन् । ऐरीले त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेदरल्याण्डविरुद्ध मंगलबार अर्धशतक बनाएका हुन् ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा उनले २८ बलमा पहिलो टी–२० अन्तर्राष्ट्रिय अर्धशतक पूरा गरेका हुन् । यसअघि उनको उच्च स्कोर नटआउट ४७ रन थियो । अर्धशतक बनाएसँगै उनी आउट भएका छन् । नेपालले चौथो विकेट गुमाएको छ ।


ADVERTISEMENT

# # #


आउट हुनुअघि दीपेन्द्रले ३० बलमा ५ छक्का र ३ चौकाको मदतमा ६० रन बनाए । ताजा अवस्थामा नेपालले १६ ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाएको छ ।