राजधानीको म्हेपीमा आइतबार बिहान गोली चलेको छ । आज बिहान करिव साढे तीन, पौने चारबजेको बीचमा रानीबारी बस्ने कल्याण गुरुङमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ।


ADVERTISEMENT


बिहान स्कुटीमा हिँडिरहेका २८ वर्षीय गुरुङलाई कारमा आएको समूहले गोली हानेको थियो ।


ADVERTISEMENT

# # #


गोली गुरुङको घुँडा मुनि लागेकोले उनी खतरामुक्त रहेको प्रहीले जनाएको छ । काडमाडौं प्रहरी प्रमुख एसएसपी रवीन्द्रसिंह धानुकका अनुसार गोली लागेका गुरुङको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ । उनले भने, ‘घटनाको प्रकृति हेर्दा ग्याङ वार जस्तो देखिएको छ। हामीले थप अनुसन्धान गरिरहेका छौं ।’ – आजको कान्तिपुरबाट