काठमाडौँ – काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले नेदरल्याण्डस्विरुद्ध २०७ रनको विशाल चुनौति दिएको छ ।


ADVERTISEMENT


त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालका लागि कुशल भुर्तेल र उपकप्तान दीपेन्द्र ऐरीले अर्धशतक हानेपछि नेपालले नेदरल्याण्डलाई अहिलेसम्मकै विशाल लक्ष्य दिएको हो । नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०६ रन बनाएको हो ।


ADVERTISEMENT

# # #


नेपालका लागि कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट ब्याटिङ गरे । डेब्यूदेखि लगातार तेस्रो टी–२० अर्धशतक बनाएका कुशलले ४६ बलमा ६२ रन बनाए । त्यसक्रममा उनले ८ चौका र १ छक्का प्रहार गरे । यस्तै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो पहिलो अर्धशतक बनाएका दीपेन्द्रले आक्रामक ब्याटिङ गरे ।

तेस्रो विकेटका लागि कुशलसँग ७८ रनको शानदार साझेदारी गरेका उनले आउट हुनुअघि ३० बलमा ३ चौका र ५ छक्काको मदतमा ६० रन ठोके । यस्तै कप्तान ज्ञानेन्द्र मल्लले १४ बलमा २० रन बनाए । त्यसक्रममा उनले २ चौका र १ छक्का प्रहार गरे । यस्तै सोमपाल कामीले १३ बलमा २ चौका र १ छक्काको मदतमा २१ तथा कुशल मल्लले ७ बलमा ३ छक्का प्रहार गर्दै १८ रन जोडे ।

विनोद भण्डारी ७ रनमा नटआउट रहे । नेदरल्याण्डका लागि भियन किंग्मा र कप्तान पिटर सिलरले समान २–२ विकेट लिए । यस्तै वास डी लीड र आर्यान दत्तले समान १–१ विकेट लिए ।

नेदरल्याण्डले जवाफी ब्याटिङ गर्दैछ । नेपालले पहिलो खेलमा नेदरल्याण्डलाई हराएको थियो ।