सर्लाही– जिल्ला ट्राफिक प्रहरी कार्यालयले नयाँ भवनबाट सेवा शुरुआत गरेको छ ।


ADVERTISEMENT


विगत लामो समयदेखि सो कार्यालय भाडाका घरमा रहँदै आएकोमा ट्राफिक प्रहरी कार्यालयले आफ्नो नयाँ भवनबाट सेवा शुरुआत गरेको हो ।


ADVERTISEMENT

# # #


करिव सात वर्षपछि स्थानीय निकाय, संघीय सरकार तथा समाजसेवीका सहयोगमा भवन निर्माण सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष प्रेमहरी काफ्लेले जानकारी दिए ।

उनका अनुसार, तत्कालीन नेत्रगञ्ज गाविसबाट रु. ५० हजार, लालबन्दी नगरपालिकाबाट रु. २० लाख, हरिवन नगरपालिकाबाट रु. एक लाख, वाग्मती नगरपालिकाबाट रु. दुई लाख ५० हजार, प्रदेश सरकारबाट रु. पाँच लाख र केन्द्र सरकारबाट रु. नौ लाख प्राप्त भएको थियो । यसैगरी प्याब्सनबाट रु. एक लाख ५० हजार र व्यवसायीबाट गरी करिब पाँच लाखगरी कुल रु. ४४ लाख ५० हजारको लागतमा सो भवन निर्माण भएको हो ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक केदारमान दोङ्गले नयाँ भवनबाट सेवा प्रवाहमा सहज भएको र भवन निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् । रासस