काठमाडौँ – नेपाल पत्रकार महासंघको नवनिर्वाचित कार्यसमितिले कोरोना प्रभावित पत्रकार एवं सञ्चार माध्यमलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ । मंगलवार महासंघका प्रतिनिधिहरुले अर्थमन्त्री विष्णु पौडेललाई भेटी राहतको कार्यक्रम ल्याउन माग गरेका हुन् ।


ADVERTISEMENT


भेटमा महासंघका अध्यक्ष विपुल पाखरेलले आसञ्चार प्रशिक्षण प्रतिष्ठानलाई प्राथमिकता दिएर पत्रकारको क्षमता वृद्धिका लागि सरकारले पहल गर्नुपर्ने बताए । उक्त भेटभाट कार्यक्रममा अर्थमन्त्री पौडेजसँग वरिष्ठ उपाध्यक्ष रमेश विष्टले कोरोनाबाट प्रभावित पत्रकारका लागि थप लेखन वृत्तिको व्यवस्था गर्न माग गरेका थिए ।


ADVERTISEMENT

# # #


महासंघका पदाधिकारीहरुले सरकारसँग महासंघको भवन पूर्वाधार बढाउन सहयोग गर्न, पत्रकारको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका थिए ।

अर्थमन्त्री पौडेलले महासंघलाई प्रेस स्वतन्त्रता र व्यवसायीक पत्रकारिता विकासका लागि सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।