काठमाडौँ – सडक जीवन बिताइरहेका सहयोगापेक्षीलाई उचित बसोबासका लागि मानवसेवा आश्रमले आज विराटनगर–५ मा तीन भवनको निर्माणको शिलान्यास गरेको छ ।


ADVERTISEMENT


कविर सेवा आश्रमले मानवआश्रममा सहयोगापेक्षीलाई व्यवस्थित बसोबास गर्नका लागि उपलव्ध गराएको छ कठठ जग्गामा आगामी एक वर्षभित्र भवन निर्माण हुनेछ । उक्त स्थानमा रु २२ करोडका लागतमा ५५ कोठाका तीन भवन निर्माण गरिने छ जसका नाम बालगोपाल, लक्ष्मी र नारायण राखिने छ ।


ADVERTISEMENT

# # #


मिस वल्र्ड नेपाल शृङ्खला खतिवडा संलग्न रहेको गाथा डिजाइन समूहले २७ हजार वर्ग फिट रहने गरी भवनको नक्शा निर्माण गरेको हो । प्रदेश नं १ सरकार, सामाजिक विकास मन्त्रालय, विराटनगर महानगरपालिका, मोरङ र सुनसरीका उद्योगपति, व्यापारी र नागरिक समाजले उक्त भवन निर्माणका लागि आवश्यक पर्ने रकम व्यवस्था गर्ने छन् ।

यसैगरी महानगरपालिकाका प्रमुख भीमप्रसाद पराजुलीलगायत विभिन्न उद्योगपति, नागरिक समाजलगायत अन्य गण्यमान्यले व्यक्तिगतरुपमा एकएक कोठाका लागि रु एक करोड ७४ लाख सहयोग गरी ३४ कोठा निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। महानगरका प्रमुख पराजुली र उपप्रमुख इन्दिरा कार्की, कविर आश्रमका जग्गादाता सुशीला खड्का, मानवसेवा आश्रमका संयोजक रामजी अधिकारीलगायतले संयुक्त रुपमा भवनको छ स्थानमा शिलान्यास गरेका थिए ।

सो अवसरमा महानगर प्रमुख पराजुलीले सहयोगापेक्षीको बाँकी जीवन सुखमय बनाउन आश्रम निर्माणले सहयोग पुर्याएको धारणा राखे ।सामाजिक विकास मन्त्रालय सचिव गोविन्दबहादुर कार्की, कलाकार दीपाश्री निरौला, मनोज गजुरेल, आनीछोइङ डोल्मा, पूर्वप्रहरी अधिकृत रमेश खरेललगायतले सडकमा खाना, छाना र नानाविना जीवनयापन गरिरहेका सहयोगापेक्षीलाई सम्मानपूर्वक बसोबासको व्यवस्था गर्न लागिएमा खुशी व्यक्त गरे । यसैगरी आश्रम निर्माणका लागि विराट व्यापार सङ्घले रु दुई लाख ५० हजार तथा ११ जनाले रु एक लाख ११ हजार १११ का दरले आश्रमको वार्षिक भोजनको आजीवन सदस्यता दिएको जनाइएको छ ।