काठमाडौँ – प्रभु बैंक लिमिटेडले नुवाकोटको वेलकोटगढी नगरपालिका वडा नं. ०७ स्थित महादेवफाँटमा शाखा सञ्चालनमा ल्याएको छ । बैँकले बुधबार २१४ औं शाखा खोल्दै कारोबार समेत सुरु गरेको हो ।


ADVERTISEMENT


उक्त शाखाको बाग्मती प्रदेशका मुख्य सचेतक केशवराज पाण्डेले उद्घाटन गरेका हुन् । उद्घाटनपछि बोल्दै वाग्मती प्रदेशका मुख्य सचेतक केशवराज पाण्डेले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा पुगेर बैँकिङ सेवा प्रदान गर्दै आएको भन्दै प्रशंसा गरे ।


ADVERTISEMENT

# # #


उनले प्रभु बैँकको अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै बैंकलाई सफलताको शुभकामना व्यक्त गरे ।

बैंकको महादेवफाँट शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुनेभएकोले त्यहाँका ग्राहक लाभान्वित हुने बैँकले विश्वास व्यक्त गरेको छ ।