वाग्मति– उपमहानगरपालिकाले बालविकास केन्द्र (इसिइडी) मा कार्यरत शिक्षकलाई सरकारले उपलब्ध गराएको पारिश्रमिकमा मासिक रु. साढे सात हजार थप गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


उपमहानगरको सोमबारको कार्यपालिका बैठकले इसिडीमा कार्यरत शिक्षकलाई मासिक रु. सात हजार ४ सय ४० थपेर दिने निर्णय गरेको हो । सरकारले इसिडीमा कार्यरत शिक्षक तथा सहयोगी कार्यकर्तालाई मासिक रु. छ हजार पारिश्रमिक उपलब्ध गराउँदै आएको छ ।


ADVERTISEMENT

# # #


इसिइडी शिक्षकको पारिश्रमिक अत्यन्तै न्यून भएकाले उपमहानगरपालिकाका तर्फबाट रकम थप गरिएको प्रमुख हरिबहादुर महतले बताए । समुदायस्तरमा बालबालिकाको विकास र प्रवर्धननका लागि प्रारम्भिक बालविकास केन्द्रअन्तर्गत हाल कार्यरत शिक्षक/सहजकर्तालाई प्रदान गरिँदै आएको मासिक पारिश्रमिकमा वृद्धि गरी श्रम ऐनको प्रावधानबमोजिम मासिक रु. १३ हजार ४५० पुर्‍याइएको उनको भनाइ छ ।

उपमहानगरपालिकाका १९ वटा वडामा रहेका प्रारम्भिक बाल विकास केन्द्रमा ९५ शिक्षक तथा सहयोगी कार्यकर्ता कार्यरत छन् । उनीहरुले आगामी जेठ १ गतेदेखि थपिएको तलब पाउने जनाइएको छ । रासस