रसुवा– जिल्ला प्रशासन कार्यालय रसुवाबाट राहदानी लिनेको सङ्ख्या क्रमिक रूपले वृद्वि हुँदै गएको छ ।


ADVERTISEMENT


सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापाका अनुसार गत वर्ष वैशाखदेखि चैत मसान्तसम्म राहदानी लिने रसुवालीको सङ्ख्या एक हजार ४ सय ६१ पुगेको हो ।


ADVERTISEMENT

# # #


राहदानी प्रदानअन्तर्गत सेवाग्राहीको मागअनुसार, ६ सय ६५ जनालाई कार्यालयबाट वितरण गरिएको र ७६१ वटा प्रदानका लागि परराष्ट्र मन्त्रालयमा सिफारिश गरिएको बताइएको छ । नागरिकता वितरण भने एक वर्षको दौरानमा ८२१ वितरण भएको सहायक प्रजिअ थापाले जानकारी दिए । रासस