काठमाडौँ– प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि पार्टीका उम्मेदवारको टुंगो लगाएको छ ।


ADVERTISEMENT


आगामी मंसिर १० गते हुने पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत पहिलो चरणको निर्वाचनका लागि काँग्रेसले सबै निर्वाचन क्षेत्रका लागि उम्मेदवार चयन गरेको पार्टी कार्यालयले जनाएको हो ।


ADVERTISEMENT

# # #


प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि भने काँग्रेसले यसअघि असोज २७ गते नै पार्टीको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेको छ ।

काँग्रेसले चुनावी गठबन्धनका लगि सहमति भएका दलहरु संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), नयाँ शक्ति नेपाललगायत दलसँग सहकार्य गर्ने गरी उम्मेदवार चयन गरेको छ । सोही सहमतिअनुसार पार्टीले कतिपय निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा र प्रदेश सभामा ती दलका उम्मेदवारलाई सघाउने भएको छ ।

आगामी मंसिर १० गते पहिलो चरणमा हिमाली र उच्च पहाडका ३२ जिल्लामा दुवै तहको निर्वाचन एकैसाथ हुनेछ भने मंसिर २१ गते दोस्रो चरणमा तराई, मधेश र पहाडका ४५ जिल्लामा दुवै तहको निर्वाचन एकैसाथ तोकिएको छ ।

पहिलो चरणमा सम्पन्न हुने निर्वाचनका लागि आयोगले आज कात्तिक ५ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने तालिका निर्धारण गरेको छ । साथै दोस्रो चरणको निर्वाचनका लागि भने उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने मिति कात्तिक १६ गते रहेको छ ।

नेपालको संविधानअनुसार १६५ प्रत्यक्ष र ११० समानुपातिक गरी जम्मा २७५ सदस्यीय प्रतिनिधि सभाका लागि निर्वाचन हुनेछ । त्यस्तै सातै प्रदेशका लागि ३३० प्रत्यक्ष र २२० समानुपातिक गरी जम्मा ५५० सदस्यीय प्रदेश सभा सदस्यका लागि निर्वाचन हुनेछ ।

पहिलो चरणमा हुने निर्वाचनका लागि काँग्रेसका सम्पूर्ण उम्मेदवारको सूची यसप्रकार रहेको छ ः

 

प्रतिनिधि सभा तर्फका उम्मेद्वारहरु

ताप्लेजुङ : केशवप्रसाद दाहाल

पाँचथर : भीष्मराज आङ्देम्वे

संखुवासभा : दीपक खड्का

सोलुखुम्बु : बलबहादुर केसी

भोजपुर : उमेशजंग रायमाझी

ओखलढुंगा : रामहरि खतिवडा

रामेछाप : पूर्णबहादुर तामाङ

खोटाङ : सरस्वती वजिमय

दोलखा रुद्रबहादुर खड्का

मनाङ : टेकबहादुर गुरुङ

मुस्ताङ : रोमी गौचन थकाली

नुवाकोट क्षेत्र नं १: डा रामशरण महत
नुवाकोट क्षेत्र नं २: अर्जुननरसिंह केसी

रसुवा : मोहन आचार्य

गोरखा क्षेत्र नं १ : चीनकाजी श्रेष्ठ
गोरखा क्षेत्र नं २ : नयाँ शक्तिसँग तालमेल

धादिङ क्षेत्र नं १ : विश्वप्रसाद अर्याल
धादिङ क्षेत्र नं २ : दिलमान पाख्रिन

सिन्धुपाल्चोक क्षेत्र नं १ : मोहनबहादुर बस्नेत
सिन्धुपाल्चोक क्षेत्र नं २ : राप्रपा (प्रजातान्त्रिक) सँग तालमेल

बाग्लुङ क्षेत्र नं १ : चम्पा खड्का
बाग्लुङ क्षेत्र नं १ क्षेत्र नं २:  निरज पुन

लम्जुङ : दिलबहादुर घर्ती

म्याग्दी : खमबहादुर गर्बुजा रोल्पा : अमरसिंह पुन

रुकुम (पूर्वी क्षेत्र) हरिशंकर घर्तीमगर

रुकुम पश्चिम : गोपालजीजंग शाह

हुम्ला : मंगलबहादुर शाही

जाजरकोट : राजीव विक्रम शाह

कालिकोट : भूपेन्द्रजंग शाही

मुगु : हस्तबहादुर मल्ल

डोल्पा : अंगदकुमार बुढा

जुम्ला : देवेन्द्र बहादुर शाही

बझाङ : पृथ्वीबहादुर सिंह

बाजुरा : कविराज पण्डित

बैतडी : नरबहादुर चन्द

दार्चुला : विक्रमसिंह धामी

प्रदेश सभाका लागि  को को भए उम्मेदवार ?

ताप्लेजुङ कः लिलादेवी बोखिम
ताप्लेजुङ खः दिपेन्द्रकुमार सेन्दाङ

पाँचथर कः नरेन्द्रकुमार केरुङ
पाँचथर खः सुुरेन्द्र दाहाल

सोलुखुम्बु कः प्रकाशसिंह कार्की
सोलुखुम्बु खः आङगेलु शेर्पा

खोटाङ कः सुभाषकुमार पोखरेल
खोटाङ खः विष्णुकुमार राई

दोलखा क:  बर्मा लामा
दोलखा ख : केशवराज चौलागाईं

मनाङ कः चिन्ताबहादुर घले
मनाङ खः कर्मा गुरुङ

सिन्धुपाल्चोक क्षेत्र नं १ (क): विष्णुबहादुर खत्री
सिन्धुपाल्चोक क्षेत्र नं १ (ख): राजेन्द्रकुमार श्रेष्ठ

सिन्धुपाल्चोक क्षेत्र नं २ (क) : विकास तामाङ
सिन्धुपाल्चोक क्षेत्र नं २ (ख): राप्रपा प्रजातान्त्रिकसँग तालमेल

लम्जुङ (क): गर्जबहादुर गुरुङ
लम्जुङ (ख) : कृष्णप्रसाद कोइराला

नुवाकोट क्षेत्र नं १ (क) : महेन्द्र थिङ
नुवाकोट क्षेत्र नं १ (ख) : रमेशकुमार महत

नुवाकोट क्षेत्र नं २ (क)  : जगदिशनरसिंह केसी
नुवाकोट क्षेत्र नं २ (ख) : जगतबहादुर तामाङ

रुकुम (पूर्वी क्षेत्र) क:  दूतकुमार पुन
रुकुम (पूर्वी क्षेत्र) ख: दत्तबहादुर बस्नेत

रोल्पा क:  शेखरबहादुर महरा
रोल्पा ख : खगेन्द्रप्रसाद हमाल

हुम्ला कः ठानबहादुर रोकाया
हुम्ला खः जीवनबहादुर शाही

जुम्ला क : राजुसिह कठायत
जुम्ला ख : भिमनिधि हमाल

जाजरकोट कः वेदराज सिंह
जाजरकोट खः दिपकजंग शाह

कालिकोट क : टेकराज शाही
कालिकोट खः कालीबहादुर साहकारी

मुगु कः तिलकबहादुर
मुगु खः खड्ग शाही

ओखलढुंगा कः मित्रसेन दाहाल
ओखलढुंगा खः प्रदिपकुमार सुनुवार

भोजपुर क : संघीय समाजवादी
भोजपुर खः गोविन्दबहादुर कार्की

म्याग्दी कः गठबन्धन
म्याग्दी खः अमलाल फगानी

बाग्लुङ क्षेत्र नं १ क : दीपेन्द्र थापा
बाग्लुङ क्षेत्र नं १ ख:  प्रकाश पौडेल

बाग्लुङ क्षेत्र नं २ क : मन्जेस बम मल्ल
बाग्लुङ क्षेत्र नं २ ख : जीतबहादुर शेरचन ९ख०

बैतडी कः हरि मोहन भण्डारी
बैतडी खः राप्रपा

बझाङ (क) : चन्द्रादेवी जोशी
बझाङ (ख) : नरेशबहादुर सिंह

बाजुरा कः  जनक गिरी
बाजुरा खः  पदमबहादुर शाही

दार्चुला क :  मदन गिरी
दार्चुला ख : जगदीश पाल

गोरखा १ कः धिरेन थापा
गोरखा १ खः राजेन्द्र बजगाई

गोरखा २ कः नयाँ शक्ति
गोरखा २ खः प्रकाश दवाडी

धादिङ २ कः रमेश धमला
धादिङ २ खः गठबन्धन

धादिङ १ कः मधुकुमार श्रेष्ठ
धादिङ १ खः प्रभातकुमार सुवेदी

रसुवा क : प्रभात तामाङ
रसुवा ख : नयाँ शक्तिसँग तालमेल