काठमाडौँ – पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको न्यूरो–इन्डोक्राइन ट्युमरको शल्यक्रिया वीर अस्पतालमा हुने भएको छ ।


ADVERTISEMENT


ट्युमरमा क्यान्सरको शंकापछि गएको फागुनमा भारतको दिल्लीमा पुगेर भट्टराईले जाँच गरेका थिए । जाँचमा ट्युमर मात्र देखिएपछि शल्यक्रिया गरेर फाल्नुपर्ने सुझाव चिकित्सकले दिएका थिए ।


ADVERTISEMENT

# # #


सोही ट्यमुरको शल्यक्रियाका लागि डा. भट्टराई आज अस्पताल भर्ना हुँदैछन् । अस्पतालले डा. सुबोध अधिकारीको नेतृत्वमा १७ गते शल्यक्रिया गरिने  जनाएको छ ।