काठमाडौँ – काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले बिहीवारदेखि काठमाडौँ उपत्यकामा आगामी १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेपछि काठमाडौँ छाड्नेको संख्या बढेको छ ।


ADVERTISEMENT


कोरोनाको दोस्रो लहर फैलिएपछि सोमवार बसेको उपत्यकाका तीनवटै सीडीओको बैठकले निषेधाज्ञा लगाउने निर्णय गरेपछि सोमवार साँझदेखि नै बसपार्कहरूमा यात्रुको भिड बढेको हो ।


ADVERTISEMENT

# # #


महानगरीय ट्राफिक प्रहरी महाशाखाका सूचना अधिकारी श्यामकृष्ण अधिकारीकाअनुसार सोमवारदेखि बुधवार साँझ ६ बजेसम्ममा करिब १ लाख ४७ हजार ७५ जनाले टिकट काटेर काठमाडौँ छाडेका छन् । टिकट काटेर भन्दा नकाटेर जानेको संख्या बढी रहेकाले सार्वजनिक यातायातको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको भने तीन दिनमा मात्रै करिब ५ लाखले उपत्यका छाडेको अनुमान छ । बुधवार रातिसम्म उपत्यकाका नयाँ बसपार्क, पुरानो बसपार्क, गौशाला, कोटेश्वर, बल्खु, बालाजु लगायतका क्षेत्र तथा नाकाहरुमा बस पर्खिनेको लामो भिड थियो भने अहिले पनि नागढुङ्गामा जाम छ ।