काठमाडौँ– गायक महेश काफ्लेको चौथो गीत सार्वजनिक भएको छ ।


ADVERTISEMENT


पछिल्लो पुस्तामाँझ लोकप्रिय रहेको गायक काफ्लेको आवाजमा ‘तातो गोली माया बिरानी–२’ बोलको नयाँ गीत  सार्वजनिक भएको हो ।


ADVERTISEMENT

# # #


को–सिंगरका रुपमा लोकप्रिय गायिका मेलिना राईले साथ पाएको उक्त गीतको भिडियाकोे निर्देशनअसीम शाहले गरेका छन् । गीतको भिडियोमा भने महेशका साथमा अभिनेत्री स्वस्तिमा खड्का, निर्देशक तथा कलाकार निश्चल बस्नेत तथा पुष्कर गुरुङको संयुक्त अभियन देख्न सकिन्छ ।

यस्तै, हरि हुमागाँईले छायांकन गरेको सो भिडियोको सम्पादन भने लोकेश बज्राचार्यले गरेका छन् ।

काफ्लेको यसअघि सार्वजनिक भएको नाच फिरिरि, माया बिरानी र लज्जावती झारलाई आम दर्शकले निकै नै रुचाएका थिए । त्यसैगरि, यसपटकको उनको ‘तातो गोली’ संगीतलाई पनि आमव्यक्तिले रुचाईदिन्छ भन्ने उनले विश्वास लिएका छन् ।