आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि राजनीतिक दल र स्वतन्त्र समेत गरी जिल्लाबाट जम्मा ५९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जस अनुसार धादिङ क्षेत्र नम्वर १ को प्रतिनिधि सभाका लागि ६ वटा राजनीतिक दल र २ जना स्वतन्त्र गरी ८ जनाले उम्मेदवारी दिएका छन् ।


ADVERTISEMENT


जसअनुसार क्षेत्र नम्वर १ को प्रतिनिधि सभाका लागि एमालेका भूमिप्रसाद त्रिपाठी, कांग्रेसका विश्वप्रसाद अर्याल, नयाँ शक्ति पार्टी नेपालका राजु नेपाल, विवेकशिल साझा पार्टीबाट दिपेश थापा, एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का अजयकुमार रिमाल, जनसमाजवादी पार्टी नेपालका राजन मगरले उम्मेदवारी दर्ता गराए भने सोही पदका लागि विश्वनाथ ढकाल र दिपक खतिवडाले स्वतन्त्र रुपमा उम्मेदवारी दिनुभएको निर्वाचन अधिकृतको कार्यालले जनाएको छ ।


ADVERTISEMENT

# # #


यसैगरी, धादिङ क्षेत्र नम्वर १ अन्तर्गतको प्रदेश सभा (क) का लागि एमालेबाट राजेन्द्रप्रसाद पाण्डे, कांग्रेसबाट मधुकुमार श्रेष्ठ, नयाँ शक्तिबाट नकुल थापा, विवेकशिल साझा पार्टीबाट जितेन्द्र श्रेष्ठ, मंगोल नेशनल अर्गनाइजेशनबाट राजेन्द्र तामाङले उम्मेदवारी दर्ता गराए भने कृष्णलाल श्रेष्ठ, केशव अधिकारी र सुरतकुमार श्रेष्ठले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराए ।

क्षेत्र नम्वर १ अन्तर्गत प्रदेश सभा (ख) का लागि माओवादी केन्द्रका शालिकराम जमरकटेल, कांग्रेसका प्रभातकिरण सुवेदी, नयाँ शक्तिका सन्तोष बराकोटीले उम्मेदवारी दर्ता गराए भने गणेशलाल श्रेष्ठ, जिवनाथ सेढाई र सरोजप्रसाद अधिकारीले स्वतन्त्र उम्मेदवारी दर्ता गराए ।

उता धादिङ क्षेत्र नम्वर २ को प्रतिनिधि सभाका लागि ८ वटा राजनीतिक दल र ४ जना स्वतन्त्र गरी जम्मा १२ जनाको उम्मेदवारी परेको छ । जस अनुसार एमालेका खेमप्रसाद लोहनी, कांग्रेसका दिलमान पाख्रिन, नयाँ शक्तिका राजेन्द्र केसी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका चन्द्रिका देवी लिम्बु, एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का टीकाराम सुनार, नेपाली जनता दलका राममाया परियार, मंगोल नेशनल अर्गनाइजेशनका सन्तोषकुमार तामाङ र राष्ट्रिय जनता पार्टी नेपालका सिताराम दुवाडीले उम्मेदवारी दर्ता गराए भने सोही पदमा रुद्रबहादुर गेलाङ मगर, धनबहादुर तामाङ, भरत ढुंगाना, र रामबहादुर सिलवालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी, क्षेत्र नम्वर २ को प्रदेश सभा (क) का लागि एमालेका डा।रामकुमार अधिकारी, कांग्रेसका रमेशप्रसाद धमला, नयाँ शक्तिका नन्द्रप्रसाद काप्री मंगोल नेशनल अर्गनाईजेशनका पञ्चबहादुर तामाङ र राष्ट्रिय जनता पार्टी नेपालका सन्तोष दुवाडीले उम्मेदवारी दर्ता गराएका छन् भने सोही पदमा सूर्यबहादुर तामाङ, शिवराम भण्डारी, बसन्त आचार्य, रेशम थापा, राकेश धमला, धर्मबहादुर राना, देवीप्रसाद कोइराला, ताराप्रसाद लामिछाने, टोपबहादुर लोप्पा, खुम प्रसाद सिंखडा, कृष्णप्रसाद लम्साल र ईश्वरी अधिकारीले स्वतन्त्र उम्मेदवारी दर्ता गरा ।

क्षेत्र नम्वर २ को प्रदेश सभा (ख) का लागि माओवादी केन्द्रका जगत सिंखडा, राष्ट्रिय प्रजातन्त्र पार्टीका डम्बर तामाङ, नयाँ शक्तिका विष्णुप्रसाद सापकोटा, मंगोल नेशनल अर्गनाईजेशनका सालिकराम थापा मगरले उम्मेदवारी दिए भने सुन्दर तामाङ, बुद्धिबहादुर तामाङ, दिपक पाण्डे र गणेश बसौलाले स्वतन्त्र उम्मेदवारी दर्ता गराए । – नयाँ पत्रिकाबाट