काठमाडौँ– सङ्घीय संसद् सचिवालयले यही वैशाख २७ गते सोमबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा आह्वान गरिएको अधिवेशनमा उपस्थितिका लागि प्रतिनिधिसभा सदस्यलाई अनुरोध गरेको छ ।


ADVERTISEMENT


राष्ट्रपति विद्यादेवी भण्डारीले, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानअनुरुप आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेको जनाउँदै सोही प्रयोजनका लागि वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओलीले नेपालको संविधानको धारा, १०० को उपधारा, (१) बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठानेकाले अधिवेशन आह्वान गरिएको जनाइएको छ । प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नसक्ने संवैधानिक व्यवस्था छ ।

राष्ट्रपतिबाट प्रतिनिधिसभाको अधिवेशन आह्वान भएकाले उक्त मिति, समय र स्थानमा प्रतिनिधिसभा सदस्यलाई उपस्थितिका लागि अनुरोध गरिएको सङ्घीय संसद् सचिवालयद्वारा आज जारी सूचनामा उल्लेख छ । रासस