काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २० वर्ष पुरा गरी २१ औं वर्षमा प्रवेश गरेको छ ।


ADVERTISEMENT


कम्पनी वि.स. २०५८ साल वैशाख २१ गते स्थापना भई बीमित तथा सेवाग्राहीहरुलाई निरन्तर उत्कृष्ठ सेवा प्रदान गर्दै आइरहेको छ । देशका दुरदराजसम्म बीमाको पुहँच पु¥याउँदै कम्पनी देशको सबैभन्दा सफल र उत्कृष्ट लाइफ इन्स्योरेन्स कम्पनीमध्येको एक हो ।


ADVERTISEMENT

# # #


२१ औं वार्षिकोत्सवको अवसरमा प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले कम्पनीलाई यो उचाइसम्म ल्याई पुर्‍याउनमा निरन्तर विश्वासका साथै सदैव साथ एवं उचित मार्गनिर्देश दिने नियमनकारी निकाय, संचालक समिति, शेयरधनी लगायतलाई धन्यवाद दिएका छन् ।

उनले कम्पनीलाई निरन्तर विश्वास र भरोसा गर्ने बीमितहरु, नेपाल लाइफको सेवा विस्तारमा साथ दिने अभिकर्ताहरु तथा सेवा प्रवाह गर्ने कर्मचारीहरुलाई समेत धन्यवाद व्यक्त गरे । उनले हाल कोरोना संक्रमणलाई ध्यानमा सजक र सुरक्षित हुन आग्रह गरे ।

उनले कोरोना भाइरसको महामारीमा पनि सरलरुपमा जीवन बीमा सेवा प्रवाह गर्न कम्पनीले कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धता जाहेर गरे ।

करिब एक तिहाइ बजार हिस्सा ओगट्न सफल नेपालल लाइफ जीवन बीमा क्षेत्रमा हरेक सूचकांकले अब्बल सावित भएको छ । कम्पनीमा सर्वाधिक लगानी रु. १११.४७ अर्ब रुपैयाँ रहेको छ भने सर्वाधिक जीवन बीमाकोष रु. १०१ अर्ब २८ करोड रुपैयाँ र सर्वाधिक शेयरधनी कोष रु. ८ अर्ब ८५ करोडभन्दा बढी रहेको छ । कम्पनीको सर्वाधिक चुक्ता पूँजी रु. ७.१९ अर्ब भन्दा माथि रहेको छ भने १ अर्बभन्दा बढि सर्वाधिक बजार पूँजिकरण रहेको छ ।

कम्पनीले सर्वाधिक आंशिक अवधि भुक्तानी रु. ११.९८ अर्ब, सर्वाधिक पूर्ण अवधि भुक्तानी रु. ९.७७ अर्ब तथा सर्वाधिक मृत्युदावी रु.३.७३ अर्ब भन्दा बढि भुक्तानी गरिसकेको छ । कम्पनीमा १,७६,०४३ भन्दाबढी सर्वाधिक प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल २ सय शाखा तथा उपशाखाहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

कम्पनीमा हालसम्म वैदेशिक रोजगार समेत गरि २८ लाख ८२ हजार ३ सय ४२ व्यक्ति बीमित भइसकेका छन् । ग्राहकहरूको हितलाई ध्यानमा राखी कम्पनीले समयसापेक्ष आवश्यकता अनुसार सेवा तथा सुविधामा परिमार्जन एवं परिष्कृत गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेको छ ।