काठमाडौँ– समाज कल्याण परिषद्ले सामाजिक क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ/संस्थालाई आफ्नो चालु परियोजनाबाट निश्चित प्रतिशतसम्मको रकम कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सहायता गर्न निर्देशन दिएको छ ।


ADVERTISEMENT


परिषद्सँग सम्झौता गरी वा स्वीकृति लिई सञ्चालन भइरहेका परियोजनाको कूल बजेटबाट रकमान्तर गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेको प्राथमिकताका क्षेत्रमा उपचार सहायता गर्न आग्रह गरिएको हो ।


ADVERTISEMENT

# # #


ती संस्थाले अक्सिजन, सिलिन्डर, लिक्विड, भेन्टिलेटर, आइसियुलगायत सामग्रीमा सहायता गर्न सक्नेछन् । यसरी सहायता गर्दा रु. पाँच करोडसम्मको परियोजना चलाएकाले २०, रु .१० करोड भएकाले १५, रु. २५ करोड भएकाले १०, रु. ५० करोड भएकाले सात प्रतिशत र सोभन्दा माथिको परियोजना चलाउने संस्थाले पाँच प्रतिशतको सीमामा रही सहायता गर्न सक्नेछन् । रासस