काठमाडौं– यसपटकको ‘बेस्ट कोरियोग्राफर(उत्कृष्ट नृत्यांगा)अफ दी ईअर’ विजेताको अवार्ड नेपालका चर्चित कोरियोग्राफर अश्विनी झाले प्राप्त गरेका छन् ।


ADVERTISEMENT


राजधानीमा सम्पन्न ‘नेपाल म्यूजिक एण्ड फेशन अवार्ड’ समारोहमा उनले उत्कृष्ट कोरियोग्राफरको विधामा सर्वोत्कृष्ट ‘फेसन तथा पेजेन्ट कोरियोग्राफर अफ दि इयर’ को अवार्ड प्राप्त गरेका हुन् ।


ADVERTISEMENT

# # #


विगत लामो समयदेखि ब्यूटी पेजेन्ट तथा फेशन क्षेत्रमा सक्रिय रहदैँ आएका कोरियोग्राफर झाले हालसम्म तीन सयभन्दा बढी सोहरूको कोरियोग्राफी गरिसकेका छन् ।

यसअघि वि.सं २०७७ सालमा युवा तथा खेलकूद मन्त्रालयबाट राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट सम्मानित समेत भइसकेी उनी सोहि वर्षमै नेसनल इंटरटेनमेंट अवार्डको हकदार समेत बनेका थिए । यस्तै, सिंगापुरमा आयोजित एक विशेष समारोहमा उनले गोल्डन ब्राण्ड अवार्डमा बेस्ट कोरियोग्राफर सावित भएर नेपालको गरिमा बढाएका उनी वि.सं २०७५ सालमा आयोजित समारोहमा झा ‘हिरो अफ द मधेश’ अवार्डबाट समेत सम्मानित भएका थिए । यस्तै, सन् २०१७ मा पनि उनी ‘रैम्जोन एक्सलेन्स’ अवार्डबाट सम्मानित व्यक्तित्व हुन् ।

झा सम्मानित उक्त समारोह नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको होे । सो समारोहमा फेसन, मोडलिङ क्षेत्रमा कार्यरत विभिन्न व्यक्तित्वहरूलाई समेत वर्षको उत्कृष्ट अवार्ड प्रदान गरिएको थियो ।

समारोह स्टार वन इन्टरटेनमेन्टको आयोजना र विलक्षण क्रियसनको व्यवस्थापनमा सम्पन्न भएको थियो भने, कार्यक्रममा बेस्ट पेजेन्ट डिरेक्टर अफ दि इयर (मेल) निशुकान्त झा, बेस्ट पेजेन्ट डिरेक्टर अफ द इयर (फिमेल) प्रतिमा कार्की समेत पुरस्कार प्राप्त गर्न सफल भएका थिए ।

यसैगरी, हेयर स्टाइलिस्ट रीना अवाले मेकअप आर्टिस्ट, गीता पौडेल र्‍याम्प मोडल, एन्जल श्रेष्ठ र्‍याम्प मोडल (बाल), जियान श्रेष्ठ तथा इन्टरनेसनल उमन एचिभर मनीषा डंगोल, पेजेन्ट मोडल (मोफसल) आकांक्षा विश्वकर्मा पुरस्कृत भएका छन् ।