लुम्बिनी– यहाँका प्रदेश सरकारका नवनियुक्त मन्त्रीले आज आफ्नो पद तथा गोपनीयताको शपथ लिएका छन् ।


ADVERTISEMENT


प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले नवनियुक्त तीन मन्त्रीलाई मुख्यमन्त्री शंकर पोखरेलका उपस्थितिमा शपथ गराएको हो ।


ADVERTISEMENT

# # #


मुख्यमन्त्री पोखरेलले मंगलबार नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम आइतबार गठन गरिएको मन्त्रिपरिषद्मा मंगलबार पुनर्गठन गरी कार्यविभाजन गरेका थिए । पुनर्गठित मन्त्रिपरिषद्मा तीन नयाँ मन्त्रीलाई थप गरिएको थियो ।

शपथ लिनेमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भोजप्रसाद श्रेष्ठ, आन्तरिक मामिला तथा कानूनमन्त्री चेतनारायण आचार्य र शिक्षा तथा सामाजिक विकासमन्त्री धर्मबहादुरलाल श्रीवास्तव रहेका छन् । नवगठित मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित नौ मन्त्री र एक राज्यमन्त्री छन् ।

लगानी सम्मेलन कात्तिकमा

मन्त्रिपरिषद्को आजै बसेको बैठकले आगामी जेठ ६ र ७ गतेका लागि आयोजना गरिएको प्रदेश लगानी सम्मेलनको मिति पुनः सार्ने निर्णय गरेको छ ।

यसअघि अघिल्लो वर्ष आयोजना गर्ने भनिएको लगानी सम्मेलन कोरोना संक्रमण महामारीका लागि स्थगन गरिएको थियो । स्थगित लगानी सम्मेलन आगामी कात्तिक २७ र २८ गतेका लागि तोकिएको सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिएको हो।

सीमा क्षेत्रमा होल्डिङ सेन्टर व्यवस्थापन र कोभिड महामारी रोकथामका विभिन्न कार्यका लागि खर्च गर्ने गरी प्रदेशका १२ वटै जिल्लामा रु. ७९ लाख बजेट पठाउने निर्णय पनि गरिएको आर्थिक मामिला तथा योजनामन्त्री चौधरीले जानकारी दिए ।
उनका अनुसार, बजेट जिल्ला विपद् व्यवस्थापन समितिमा पठाइएको छ ।

रुपन्देही र बाँके जिल्लाका लागि रु १०–१० लाख, कपिलवस्तुलाई रु आठ लाख, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), दाङ र बर्दियाका लागि रु सात लाखका दरले रु. २१ लाख तथा रुकुम (पूर्व), रोल्पा, प्युठान, अर्घाखाँची, गुल्मी र पाल्पाका लागि रु. पाँच लाखका दरले पठाउने निर्णय भएको प्रवक्ता चौधरीले जानकारी दिए । रासस