काठमाडौँ – प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्माओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ । छलफलका लागि प्रधानमन्त्री ओली सभापति देउवा निवास बूलानीलकण्ठमा पुगेका थिए ।


ADVERTISEMENT


छलफलमा ओलीसहित उपप्रधानमन्त्री इश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, सुवास चन्द्र नेम्वाङ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहभागी थिए । यस्तै कांग्रेसका तर्फबाट सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधी, महामन्त्री डा. शशांक कोइराला, सहमहामन्त्री प्रकाश शरण महत, पूर्व महामन्त्री कृष्ण सिटौला लगायत उपस्थित थिए ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओलीले यही वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको अवस्थामा प्रधानमन्त्रीले विश्वासको मत जित्न दौडधूप थालेका हुन् ।

तस्बिर : प्रधानमन्त्रीका प्रेस सल्लाहकार