लहान– गाँजासहित प्रहरीले सिरहाको धनगढीमाई नगरपालिका ११ बाट तीन जनालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले १२ किलोग्राम लागुऔषध गाँजासहित धनगढीमाई नगरपालिका १३ निवासी २१ वर्षीय राकेश यादव, २१ वर्षीय सुनिल यादव र २० वर्षीय सञ्जय यादवलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


प्रहरीले धनगढीमाई नगरपालिका–११ श्रमजिवी जाने बाटोमा मोटरसाइकल जाँच गर्ने क्रममा दुवै मोटरसाइकलमा सवार तीनै जनाको साथबाट गाँजा बरामद भएकाले पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहान सिरहाका प्रहरी नायब उपरिक्षक डा. तपनकुमार दाहालले जानकारी दिएका छन् । रासस