सर्लाही–जिल्लाको लालबन्दीमा रहेको इलाका हुलाक कार्यालयले आफ्नै भवनबाट सेवा शुरु गरेको छ ।


ADVERTISEMENT


भाडाको घरमा रहेको सो कार्यालयले भवन निर्माण गरी आफ्नै भवनबाट सेवा शुरु गरेको हो ।


ADVERTISEMENT

# # #


सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको रु. ३७ लाख ४४ हजार खर्चमा २०७७ साल असोजबाट निर्माण शुरु भएको भवन गत माघमा निर्माण सम्पन्न भएको सो कार्यालयका प्रशासन प्रमुख शेखर खड्काले बताएका छन् । विगत ६ वर्ष भाडाको घरबाट सेवा दिएपनि अहिले आफ्नै भवनबाट काम थालिएको कार्यालय प्रमुख केशवकुमार पोख्रेलले जानकारी दिए ।

कार्यालयमा १५ जनाको दरबन्दी रहेपनि आफ्नै भवन नहुँदा ६ जना कर्मचारीमा सीमित हुनुपरेको थियो ।