काठमाडौँ – वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन भएको छ । ८५ वर्षीय गायक प्रधानको बिहीबार सुन्धारास्थित काठमाडौं न्युरो तथा जनरल अस्पतालमा निधन भएको हो । छातीमा समस्या देखिएपछि केही दिन अगाडि प्रधानलाई अस्पतालमा भर्ना गरिएको थियो ।


ADVERTISEMENT


प्रेमध्वजको जन्म १९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा भएको थियो ।


ADVERTISEMENT

# # #


प्रधानका ‘घुम्तीमा नआऊ है’, ‘गुलाफी घुम्टो’, ‘नमान लाज यसरी’, ‘टाढा नभइदेऊ फेरि’, ‘पर लैजाऊ फूलहरू’ लगायतका गीत निकै नै चर्चित छन् । रोमान्टिक मेलोडी गीतका बादशाह मानिने प्रेमध्वजले रेडियो नेपालबाट ७ सय भन्दा बढी गीत रेकर्ड गरेका छन् ।

प्रधानले सन् १९६५ मा नेपाली चलचित्र माइतीघरमा भारतीय गायिका उशा मंगेशकरसँग गीत गाएका थिए । उनले भारतीय चर्चित गायिका आशा भोग्लेसँग पनि डेयट गाएका थिए । काठमाडौँको सरस्वती क्याम्पसबाट बी.ए.सम्मको अध्ययन गरेका प्रधानले नेपाल भाषामा पनि थुप्रै गीत रेकर्ड गरेका छन् ।