काठमाडौँ – नेकपा एमाले निकट नेपाल खेलकुद महासंघले कोरोना भाइरस (कोभिड–) नियन्त्रणका लागि देशभर स्वयंसेवक परिचालन गर्न युवा तथा खेलकुदमन्त्रीको ध्यानाकर्षण गरेको छ ।


ADVERTISEMENT


बिहीबार महासंघका अध्यक्ष रमेश पौडेल, महासचिव मेघराज पौडेलसहित मन्त्रालय पुगेको महासंघको टोली मन्त्री दावा तामाङलाई ज्ञापन पत्र बुझाएको हो ।


ADVERTISEMENT

# # #


महासंघले खेलकुदलका जतिपनि प्रशिक्षण केन्द्र, कभर्ड हललाई आइशोलेसन केन्द्र, क्वारेन्टिन र कोभिडको आकष्मिक सेवा प्रदान गर्ने अस्पताल बनाउन र प्रशिक्षक कर्मचारीलाई पनि क्वारेन्टिनमा खटाउनका लागि आग्रह गरेको महासंघका वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेतले बताए ।

जवाफमा मन्त्री तामाङले महामारीमा मन्त्रालयले सबै खालको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको उनले बताए । महासचिव मेघराज पौडेल पनि उपस्थित थिए ।

कोरोना रोकथामको लागि स्वयंसेवक परिचालनको संयोजन उपाध्यक्ष बस्नेतले गर्ने छन् भने महासंघका  सातै प्रदेश मा प्रदेश भित्रका उपाध्यक्ष तथा पधाधिकारीहरुले कोअडीनेसन गर्नेछन । कार्यक्रमा प्रथम उपाध्यक्ष गोनिन्द भट्टराई, उपाध्यक्ष सुभाश श्रेष्ठ, प्रभात कटुवाल लगायत को उस्थिती थियो ।