काठमाडौँ – काठमाडौं रेजर्स पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को प्लेअफमा प्रवेश गरेको छ ।


ADVERTISEMENT


बिहीबार भएको रोमान्चक खेलमा विराटनगर सिटी एफसीलाई ५–४ गोल अन्तरले पराजित गर्दै काठमाडौंले प्लेअफमा स्थान पक्का गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले ह्याट्रिक गोल गरे । यस्तै स्टेफेन बिनोङ र छिरिङ गुरुङले एक एक गोल गरे । विराटनगरका पेड्रो मान्जीले दुई गोल फर्काए ।


ADVERTISEMENT

# # #


यस्तै एडिलाजा सोमिडे र रन्जित धिमालको नाममा एक एक गोल रह्यो । खेलमा काठमाडौंका मेसौके प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे । इमर्जिङ प्लेयर अफ दि म्याच काठमाडौंका विश्वास श्रेष्ठ चुनिए । उनले १० हजार प्राप्त गरे ।

जितसँगै काठमाडौंले ५ खेलमा १० अंक जोडेको छ । यससँगै काठमाडौं प्लेअफमा पुग्ने दोस्रो टिम बनेको छ । विराटनगरले ५ खेलमा ७ अंक जोडेको छ । विराटनगरको पनि प्लेअफ सम्भावना रहेको छ ।