काठमाडौँ – नेकपा एमाले माधव नेपाल–झलनाथ खनाल पक्षका ३५ सांसद्ले राजीनामा दिने तयारी गरेका छन् । उक्त पक्षका सबै सांसद्ले राजीनामा दिने तयारी गरेको सांसद् विरोध खतिवडाले जानकारी दिए ।


ADVERTISEMENT


शनिवार २० वटा मात्र सांसद्ले राजीनामा दिने भनी हस्ताक्षर गरी पठाएका थिए । तर अरुले पनि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आफू पनि रहेको बताउँदै राजीनामा दिने बताएका हुन् ।
खनाल–नेपाल पक्षसँग कुल ३८ जना सांसद् रहेकोमा ३ जना ओली पक्षमा लागेका छन् । अब उक्त समूहमा ३५ जना सांसद् बाँकी छन् ।


ADVERTISEMENT

# # #


प्रतिनिधि सभामा नेकपा एमालेको सिट संख्या कुल १२१ हो, जसमा एक राष्ट्रपति भएकाले १२० जनाको सिट रहेको छ । जसमध्ये खनाल–नेपाल समूह बाहिरिएपछि अब ओली समूहसँग ८६ जनाको सिट बाँकी रहन्छ ।

यस्तै नेपाली काँग्रेससँग ७३ सिट रहेकोमा ३ जना निलम्बिच छन् । माओवादी केन्द्रसँग सभामुख छाडेर ४८ जनाको सिट संख्या रहको छ । यसैगरी जनता समाजवादी दलसँग ३४ सांसद् रहेकोमा रेशम चौधरी निलम्बित भएका कारण ३३ सिट बाँकी छ । बाँकी ४ जनाको स्वतन्त्र सिट रहेको छ ।

सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदैछन् । जसपाको महन्थ ठाकुरबाहेकको समूहसहित काँग्रेस र माओवादी केन्द्रले ओलीको विपक्षमा मतदान गर्ने तयारी गरेका छन् ।