काठमाडौँ– नेपाल रेडियोलोजिस्ट सङ्घको साधारण सभाले प्रा.डा हेन्सन खड्काको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।


ADVERTISEMENT


सङ्घको शनिबार सम्पन्न साधारणसभाले उपाध्यक्षमा डा अनामिका झा, महासचिवमा डा सुन्दर सुवाल, सहसचिवमा डा प्रसन्न घिमिरे, कोषाध्यक्षमा डा. हरि ओम जोशी, सहकोषाध्यक्षमा डा अभिशेक शाह निर्वाचित भएको हो ।


ADVERTISEMENT

# # #


त्यसैगरी सङ्घका सदस्यमा डा कल्पना राई, डा विश्वराज बस्ताकोटी र डा तेजेन्द्र कार्की चयन हुनुभएको छ । सङ्घका निवर्तमान अध्यक्ष प्राडा दानबहादुर कार्की नयाँ कार्यसमितिको पदेन सदस्य रहेका छन् । कोभिड–१९ का कारण उत्पन्न विशेष परिस्थितिका कारण भर्चुअल रुपमा कार्यक्रम आयोजना गरी नयाँ कार्यसमिति चयन गरिएको हो । रासस

प्रतिकृया

प्रतिकृया