काठमाडौँ– स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले निर्वाचनमा बदर मतको सङ्ख्या कम गर्न देशभर २१ हजार मतदाता शिक्षा स्वयमसेवक परिचालन गर्ने तयारी गरेको छ । पहिलो चरण अन्तरगत मंगलबारबाट मतदाता शिक्षा तालिम सुरु गरिएको छ ।


ADVERTISEMENT


निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन र निर्वाचनसम्बन्धि व्यवस्थाका बारेमा जानकारी गराउने उद्देश्यले मतदाता शिक्षा तालिम सुरु गरेको हो । पहिलो चरणको मतदाता शिक्षा तालिम मंगलबारबाट काठमाडौंमा सुरु गरिएको हो ।


ADVERTISEMENT

# # #


संवैधानिक व्यवस्था अनुसार निर्वाचनमा सबै समुदायको प्रतिनिधित्व सुनिश्चित गराउन र निर्वाचनमा सबैलाई भाग लिने वातावरण बनाउन मतदाता शिक्षा तालिमको सुरु गरिएको निर्वाचन आयोगका सहसचिव नवराज ढकालले बताए ।

आयोगले मतदाता शिक्षा तालिमलाई ३ चरणमा संचालन गर्ने कार्यक्रम पनि तय गरेको छ । पहिलो चरणको तालिम ३० जना मुख्य प्रशिक्षकलाई दिईनेछ । दोस्रो चरणमा ३० जना मूख्य प्रशिक्षकले क्षेत्रीय प्रशिक्षकलाई तालिम दिनेछन ।

क्षेत्रीय प्रशिक्षकले जिल्ला तहलाई मतदाता शिक्षा तालिम दिइने व्यवस्था मिलाएको छ । त्यसपछि सबै जिल्ला तहले प्रशिक्षण लिएपछि आम मतदातालाई निर्वाचनबारे जानकारी गराउन २१ हजार मतदाता शिक्षा स्वयमसेवक परिचालन गर्ने निर्वाचन आयोगको तयारी रहेको छ ।

चैतको अन्तिम सातासम्म २१ हजार मतदाता शिक्षा स्वयम सेवक परिचालन गरी निर्वाचनबारे सम्पूर्ण जानकारी दिने तयारीमा निर्वाचन आयोग जुटेको आयोगका सहसचिव ढकालले बताएका हुन् । निर्वाचन आयोगले मतदाता शिक्षाका लागि आवश्यक सामग्री, योजना र बजेटको व्यवस्था भईसकेको पनि जनाएको छ ।

आयोगले मतदाता शिक्षा कार्यक्रम अन्तरगत नमुना मतदानको कार्यक्रम पनि चैत महिनाभित्रै सम्पन्न गर्ने योजना बनाएको छ । निर्वाचन आयोगले निर्वाचनको कामलाई तीव्र गतिमा अघि बढाउन सबै स्थानीय तहमा चैत्र ३ गते भित्र कर्मचारी खटाउन पनि सरकारलाई निर्देशन दिएको छ ।