काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ का कारण संक्रमण अवस्थाको यस घडिमा कसैलाई कमिशन खान नदिने बताएका छन् ।


ADVERTISEMENT


आज संवाददाताहरुसँगको जारी भइरहेको जुम बैठकमा स्वास्थ्यमन्त्री त्रिपाठीले हाल कोरोना संक्रमणको जोखिम उच्च रुपमा बढेसंगै अक्सिजनको मागमा पनि वृद्वि भएको र यससंगै बढ्ने कमिसन धन्दा कुनैपनि हालतमा स्वीकार्य नभएको उल्लेख गरेका हुन् ।


ADVERTISEMENT

# # #


मन्त्री त्रिपाठीले २० लाख डोज खोप सिरम इन्स्टिच्युट अफ इण्डियाबाट खरिद गर्दा ८० प्रतिशत मात्र रकम भुक्तानी गरेको जनाउँदैं एक पैसा पनि कसैलाई कमिसन नदिने बताएका छन् । ४ डलरमा कसैले खोप दिएमा १ करोड डोज किन्ने बताउँदै उनले सांसदहरुलाई पनि बुझेर मात्र बोल्न आग्रह गरे ।

मन्त्री त्रिपाठीले हालसम्म निर्यात भएका कोभिडविरुद्वको खोपमध्ये कोभिड १९ खोप १० लाख भारतले उपहार दिएको, ८ लाख चीनले उपहार दिएको र २० लाख सरकारले किनेको जनाए । उनका अनुसार, किनेकोमध्ये १० लाख आपूर्ति हुन बाँकी नै रहेको छ ।

कोरोना लहरको प्सारण तीव्र रुपमा फैलिरहेको हुदाँ यससंगै हाल बजारमा अक्सिजनको माग बढेको उनको भनाई छ । र, मागअनुसारको अक्सिजनको पूर्ति गर्न नसकेकोप्रति सत्रिपाठीले दुखेसो समेत व्यक्त गरेका छन् । यद्यपि यसका लागि सरकार आफ्नो ठाउँबाट लागि परेको उनको दाबी छ ।

हाल लिक्विड अक्सिजन विस्तारमा सरकार लागिरहेको भएपनि अक्सिजनसँग सम्बन्धि वस्तु ढुवानीसमेत सहज नभएको उनको भनाई छ । यसका साथै त्रिपाठीले महामारीको यस घडीमा सहकार्यका लागि निजी अस्पतालहरु समेत लागिपरेको बताए । यसैगरि, उनले यस्तो विषम् परिस्थितिमा आफ्नो जिम्मेवारीप्रति सचेत रहदैँ कालोबजारी हुन आग्रह समेत गरेका छन् ।