काठमाडौँ – सरकारले १ सय भन्दा बढी शैय्या भएका सम्पूर्ण सरकारी, सामुदायिक र निजी अस्पताललाई आफ्नै अक्सिजन प्लान्ट स्थापना गर्न निर्देशन दिएको छ ।


ADVERTISEMENT


बुधबार स्वास्थ्य मन्त्रालयका सचिवको अध्यक्षतामा बसेको आइसीएस पदाधिकारीहरुको बैठकले कम्तीमा १ सय शैय्या भएका सम्पूर्ण अस्पतालहरुलाई १५ दिनभित्र आफ्नै अक्सिजन जडान गर्न तथा त्यसको जानकारी मन्त्रालयलाई गराउन निर्देशन दिने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


अक्सिजन प्लान्ट जडानका लागि मन्त्रालयको गुणस्तर तथा नियमन महाशाखाले सहजीकरण गर्ने प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यस्तै देशभरका सबै सरकारी, सामुदायिक र निजी अस्पतालहरुले कोरोना संक्रमितको उपचार गरी अनिवार्य रुपमा आइएमईमा इन्ट्री गर्नेलाई मात्रै कोभिड–१९को उपचाररत अस्पतालका रुपमा गणना गरिने निर्णय भएको उनले बताए ।

कोरोनामाबाट निधन भएकाहरुको शवको व्यवस्थापन गर्दा आफ्ना धर्म र परम्परा अनुसार सम्बन्धित परिवार वा समुदायले २५ जनाभन्दा बढी मलामी नहुने गरी जनस्वास्थ्यका मापदण्डको पूर्ण पालनाका साथ गर्ने व्यवस्था मिलाउने निर्णय समेत गरिएको छ ।