सिमकोट– कोरोना भाइरसको दोस्रो लहरका रुपमा नेपालमा पुनः सङ्क्रमण बढेपछि हिमाली जिल्ला हुम्लामा पनि यसको प्रभाव देखिएको छ ।


ADVERTISEMENT


यस जिल्लामा पनि सङ्क्रमितको सङख्या बढ्दै गएपछि यहाँका स्थानीय तहहरुले सङ्क्रमण थप फैलन नदिन विभिन्न तयारी थालेको हो ।


ADVERTISEMENT

# # #


सदरमुकाम सिमकोटमा हरेक दिन सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि जिल्लाका सबै तहले प्रतिकार्यको तयारी थालेका हुन् । जिल्ला बाहिरबाट आउनेहरुका कारण जिल्लामा सङ्क्रमणको जोखिम बढ्दै गएपछि जिल्लाका सातओटै स्थानीय तहले आफ्नो तयारीको कामलाई अघि बढाएका हुन् ।

जिल्लाका प्रायः सबै स्थानीय तहले हेल्थ डेस्क स्थापनाको कामलाई प्राथमिकता दिएको देखिएको छ । त्यस्तै स्वास्थ्यका मापदण्डको पालना गराउन जिल्लाका स्थानीय तहले ध्यान दिएका छन् । उपचारमा स्थानीय तहले प्रयोग गरेका सवारी साधनलाई एम्बुलेन्सका रुपमा प्रायोग गर्नेदेखि आफैले चिकित्सक नियुक्त गर्नेसम्मका काम गरेका छन् ।

जिल्लाको सिमकोट, खार्पुनाथ र सर्केगाड गाउँपालिका बाहेक अन्य चारवटा स्थानीय तहले भने आइसोलेशन र सङ्क्रमितको परीक्षणको काम शुरु गर्न सकेका छैनन् । यी बाहेकका अन्य पालिकाले आफ्नो क्षेत्रमा सङ्क्रमितको सङ्केत देखिएको खण्डमा मात्रै काम शुरु गर्ने बताएका छन् ।

सात वटा स्थानीय तह भएको हिमाली जिल्ला हुम्लामा कोरोना सङ्क्रमणलाई थप फैलन नदिन र आवश्यक पूर्वाधारको स्थापनाका लागि पहलका थालेका हुन् । रासस