काठमाडौँ– लकडाउनकाबीच सर्वसाधारणलाई पर्न सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै केहि चिकित्सकले निःशुल्क फोन सेवाको व्यवस्था मिलाएका छन् ।


ADVERTISEMENT


लक डाउनले गर्दा स्वास्थ्य समस्या पर्दा पनि चिकित्सक संग संपर्क गर्न नसकेर चिन्तित भएका समूहलाई लक्षित गर्दै ‘एक–एक पाइला’ संग आबद्ध चिकित्सकहरुले सो प्रयासको थालनी गरेको हो ।


ADVERTISEMENT

# # #


यसका लागि विभिन्न रोग विज्ञहरुले आफ्ना व्यक्तिगत नम्बर सर्वसाधारणलाई उपलब्ध समेत गराएका छन् । उपलब्ध गराइएको सो नम्बरमा आफ्नो आवश्यकता अनुरुप सम्पर्क गरी व्यक्तिले आफ्नो समस्या समस्याबारे बताउन सक्नेछन्, र व्यक्तिको सो समस्यालाई सम्बन्धित चिकित्सकले सक्दो समाधानको कोशीस गर्ने चिकित्सकहरुले जनाएका छन् ।

यसको लागि उक्त समूहले फोन कल, भाईबर र व्हाटसेप बाट सेवा दिने निर्ण गरेका छन् । बिपदको बेलामा एक एक पाइला जनताको सेवामा लागिपरेको बताउँदै उक्त समूहले निम्न नम्बरहरु उपलब्ध गराएका छन् ।

डा.सुमन थापा(आँखा विशेषज्ञ) ९८०१८६३६६१
डा.कविता धाख्वा(आँखा विशेषज्ञ) ९८०१८६३६६२
डा. सुधांशु के सी.मेडिसिन÷लिभर) ९८०२३३२४८८(फोन), ९८४०८७५९०० (फोन, भाईबर, व्हाटसेप नम्बर)
डा. सुबोध ढकाल (मेडिसिन÷छातीरोग) ९८०१८६३६६४
डा. सविना भट्टराई (चर्म रोग विशेषज्ञ) ९८०१८६३३६६५
डा. सृष्टि श्रेष्ठ (चर्म रोग विशेषज्ञ) ९८०१८६३६६६
डा. निल पाण्डे (दन्तरोग) ९८०१८६३६६७
डा. बिनिता अधिकारी(दन्तरोग विशेषज्ञ) ९८०१८६३६६८
डा. कुञ्जन आचार्य (नाक, कान घाँटी विशेषज्ञ) ९८०१८६३६६९
डा. रविन्द्र प्रधानाङ्ग (नाक, कान घाँटी विशेषज्ञ) ९८०१८६३६७०
डा. सपना आमात्य वैद्य (प्रसुती रोग विशेषज्ञ) ९८०१८६३६७१
डा. रिचा गिरी (प्रसुती रोग विशेषज्ञ) ९८०१८६३६७२
डा. ज्योती रायमाझी/राज राणा –शल्य चिकित्सा/हाड जोर्नी विशेषज्ञ) ९८०१८६३६७३
डा. विष्णु विष्णु रथ गिरी –बाल रोग विशेषज्ञ) ९८०१८६३३६७४

उक्त सेवा बिहान ७–९ र साँझ ५–७ बजे खुल्ला हुने जनाइएको छ भने, भाईबर र व्हाटसेप सेवा बिहान ७ बजे देखी बेलुका ७ बजेसम्म सम्पर्क गर्न सकिनेछ । यस्तै, चिकित्सकहरु आफ्नो नियमित काममा खटिन समेत पर्ने भएकोले अत्यावश्यक बाहेक अरु समयमा मोबाइल मेसेज, भाईबर र व्हाटसेप बाट सम्पर्क गर्नु आग्रह गरिएको छ ।

भाईबर र व्हाटसेपमा आफ्नो पुरानो प्रेस्क्रिप्सनको फोटो सहित आफ्नो सम्स्या राख्दा समाधान गर्न सजिलो हुने चिकित्सकको भनाई छ ।