काठमाडौँ – वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेको पहलमा जिल्ला अस्पताल डोटीका लागि २१ थान अक्सिजन सिलिन्डर पठाइएको छ ।


ADVERTISEMENT


जिल्लामा अक्सिजन नहुँदा कोरोना सङ्क्रमणका बिरामीलाई उपचार गर्नमा समस्या भएको गुनासो आएपछि मन्त्री आलेको पहलमा जिल्ला अस्पतालका लागि अक्सिजन भरिएका २१ सिलिन्डर पठाइएको उनका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


जिल्ला अस्पतालमा मन्त्री आलेको पहलमा अक्सिजन सिलिन्डर पुगेपछि त्यहाँका नागरिकले निकै खुशी हुनुका साथै कोरोना सङ्क्रमितलाई सहज भएको जिल्ला अस्पताल डोटीका मेडिकल सुपरीटेन्डेन्ट कृष्ण जोशीले बताए । उनले भने, “अक्सिजन नहुँदा कोरोना सङ्क्रमितको उपचार गाह्रो थियो, अब सहज हुन्छ ।”