काठमाडौँ – गैरआवासीय नेपाली संघ र नेपाली राजदूताबास ओमानको सहकार्यमा संकलन गरिएका ६ सय थान अक्सिजन सिलिन्डर लिन नेपाल वायुसेवा निगमको जहाज ओमान उडेको छ ।


ADVERTISEMENT


बिहाना ७ बजे निगमको निगमको वाइड बडी ए ३३० जहाज  ओमान उडेको निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलले जानकारी दिए ।


ADVERTISEMENT

# # #


आजै दिउँसो साढे २ बजे स्वास्थ्य सामाग्रीसहित नेपाल अवतरणको तालीका रहेको पौडेलले बताए । यसैगरी आज नै चीनको पेचिङबाट ४ सय थान सिलिन्डर र अन्य स्वास्थ्य सामाग्री लिन निगमको जहाज चीन उड्ने जानकारी पौडेलले दिए ।