काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताललाई अक्सिजन वितरण गर्ने जिम्मेवारी आफैले लिएको छ ।


ADVERTISEMENT


यसअघि अक्सिजन वितरणको काम कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी)ले गर्दै आएकोमा समस्या देखिएको भन्दै मन्त्रालयले आफै जिम्मवारी लिएको हो ।


ADVERTISEMENT

# # #


तीन चार दिनमा वितरणमा समस्या आएपछि उक्त जिम्मेवारी आफूले लिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

धेरै अस्पतालले कोटअनुसार अक्सिजन सिलिन्डर नपाएको गुनासो आएपछि मन्त्रालयले जिम्मेवारी लिएको बताउँदै उनले अब सबै अस्पतालले कोटाअनुसार सिलिन्डर पाउने दाबी गरे ।