काठमाडौँ – कोरोना कहरमा व्यवसायीहरु सक्रिय भएका छन् । उत्पादित सामाग्रीको मूल्य वृद्धि गराउन दबाबसहित व्यवसायीहरु सक्रिय भएका हुन् ।


ADVERTISEMENT


संकटको समयमा नेपाली औषधि उत्पादकले अत्यावश्यक औषधिको उत्पादन बन्द गरेका छन् । बजार मूल्यभन्दा लागत उच्च भएको बताउँदै उनीहरुले कोरोना उपचारका क्रममा प्रयोग हुने प्यारासिटामोल, जिंक, भिटामिन ‘सी’ र फोक्सोको संक्रमणको उपचारका लागि प्रयोग हुने डक्सिसाइक्लिन तथा एजिथ्रोमाइसिन एन्टिबायोटिक लगायतका औषधिको उत्पादन गर्न छाडेका हुन् ।


ADVERTISEMENT

# # #


नेपाल औषधि उत्पादक संघका अध्यक्ष नारायण क्षत्रीले लागत मूल्य पनि नउठ्ने भएपछि व्यवसायीहरुले औषधिको उत्पादन गर्न छाडेको बताए । ‘कच्चा पदार्थको मूल्य बढेकाले लागत पनि नउठ्न अवस्था आयो,’ उनले भने, ‘सँधैँ घाटामा कसरी उत्पादन गर्नु ?’

संघले २०७५ देखि नै औषधिको मूल्य वृद्धिका लागि स्वास्थ्य सेवा विभागमा बारम्बार मूल्य वृद्धिका लागि पत्राचार गर्दै आएकोमा गत वर्ष असारमा कोरोना कहरकैबीच व्यवसायीहरुले मूल्य वृद्धिका लागि एक साता लामो आन्दोलन गरेका थिए । त्यसपछि मूल्य समायोजन गर्ने आश्वासन दिएको विभागले मूल्य नबढाएको गुनाशो व्यवसायीको छ । यसैबीच बैसाखमा मात्र संघले विभागमा मूल्य वृद्धि नभए उत्पादन नभई बजारमा अभाव देखिने भन्दै ४ वटा पत्र पठाएको छ भने विभागका अधिकारीसँग भेटेर थुप्रैपटक मूल्यवृद्धिका लागि लबिङ गरेको छ ।

‘अहिले बजारमा प्यारासिटामोलको अभाव देखिन थालिसकेको छ,’ क्षत्रीले भने, ‘मूल्य समायोजन भएन भने उत्पादन गर्न सकिँदैन र बजार अभाव देखिन्छ ।’