काठमाडौँ– नेपालीहरुको दोस्रो महान पर्व दिपावली सकिए लगत्तै आइतबार देखि आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि अहिले म्यादी प्रहरीको छनोट प्रक्रिया अघि बढेको छ ।


ADVERTISEMENT


निर्वाचानमा शान्ति सुरक्षा कायम गर्नका लागि आगामी निर्वाचनका लागि देशभर ९८ हजार २ सय ६८ म्यादी प्रहरी माग गरिएको छ । यसअघिको स्थानीय तहको निर्वाचनमा म्यादी भएकाहरुलाई यसपाली बढि प्राथमिकता दिइने छ ।


ADVERTISEMENT

# # #


म्यादी प्रहरी भर्ना छनोट गएका व्यक्तिहरुले मादक पदार्थ सेवन गरेको, टाटु हानेको जस्ता व्यक्तिलाई छनोट प्रक्रियामै सामेल नगराइएको बताइएको छ ।

देशमा बढ्दै गएको बेरोजगारीका कारण युवादेखि वयस्कसम्म म्यादी बन्न लालायित देखिन्छन् ।

फोटोहरु : रासस