काठमाडौं – नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कायकारी अधिकृत (सीईओ)मा सुरेश प्रसाद खत्री नियुक्त भएका छन् । उनको नियुक्तीलाई नियमनकारी निकाय बीमा समितिले समेत स्वीकृत प्रदान गरेको छ।


ADVERTISEMENT


कम्पनीको संचालक समिति बैंठकले सीईओमा खत्रीलाई नियुक्त गर्न सिफारिस गरी बीमा समितिसँग सैद्धान्तिक सहमतिको लागि पठाएको थियो ।


ADVERTISEMENT

# # #


गत पुस ५ गतेबाट सीईओ भरतबहादुर बस्नेतको पदावधी सकिएपछि डेपुटी सीईओ खत्रीलाई कामु सीईओको जिम्मेवारी दिइएको थियो । बैङगलोरबाट एमबीए गरेका खत्रीको बीमा क्षेत्रमा करिब साढे दुई दशकको कार्य अनुभव रहेको छ ।