काठमाडौँ – क्रसर उद्योग नवीकरणको माग राख्दै क्रसर व्यवसायीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।


ADVERTISEMENT


क्रसर बालुवा तथा खानी उद्योग नियमानुसार नवीकरण नगरिएको भन्दै नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले सोमबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनीहरुले दुरी सम्बन्धी मापदण्ड २०७७ अव्यवहारिक भएकाले खारेज गर्नुपर्ने र २०७९ माघ ११ गते मन्त्रीपरिषद्को ढुङ्गा गिट्टी सम्बन्धी भएको निर्णय कार्यान्वयन गर्नुपर्ने माग राखेका छन् । सरकारलाई असार १ गतेसम्म क्रसर उद्योग नविकरणको लागि सरकारलाई अल्टिमेटम दिएको महासंघले मागको सुनुवाई नभएकाले सडक आन्दोलन सुरु गरिएको महासंघका अध्यक्ष सीताराम न्यौपानेले जानकारी दिए । सरकारले आफूहरुलाई कानुनी अधिकारबाट बञ्चित गरेको उनले बताए ।

व्यवसायीहरुलेसरकारले क्रसर उद्योगीहरुको माग तत्काल सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने जनाएका छन् । उद्योगले सरकारलाई तिर्नुपर्ने दस्तुर तिरेर नवीकरण गरेर सञ्चालन गर्न दिनुपर्ने उनीहरको माग छ ।