काठमाडौँ – नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ)ले वीर अस्पताल र महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरेको छ । मञ्चले वीर र शिक्षण अस्पतालाई ४७ लिटर क्षमताको ४० वटा अक्सिजन सिलिण्डर उपलब्ध गराएको हो ।


ADVERTISEMENT


गम्भीर प्रकृतिका कोरोना भाइरस (कोभिड–१९) का बिरामीलाई अक्सिजनको अभावलाई मध्यनजर गर्दै एनवाईईएफ सदस्यहरुको संयुक्त पहलमा २४ घण्टाभित्र नै सफल गराइएको मञ्चले जनाएको छ । उक्त कार्य एन.वाइ.इ.एफ. राष्ट्रिय परिषद, काठमाडौं च्याप्टर र काठमाडौं एडभाइजरी लिडरसिप ग्रुपबाट भएको हो ।


ADVERTISEMENT

# # #


गैर नाफामूलक संस्थाका रुपमा सन् २००३ मा स्थापित मञ्चले यूवा उद्यमीहरुबीच विचारको आदान प्रदान र व्यवसाय सञ्चालनको लागि आवश्यक पर्ने ज्ञान, सिप, शिक्षा, साझेदारी तथा तालिमहरु उपलब्ध गराउँदै आएको छ ।

हाल ६ सय भन्दा बढी सदस्यहरु यस संस्थामा आवद्ध छन् ।