पोखरा– पोखरा लेखनाथ महानगरपालिकाको जिरो किलोमिटर नजिक घरको पाँच तलाबाट आज अपराह्न १।३० बजेतिर हाम्फाल्दा एक पुरुष गम्भीर घाइते भएका छन् ।


ADVERTISEMENT


नाम, ठेगाना केही थाहा हुन नसकेको करिब २७/२८ वर्षीय निज भुइँमा बजारिएर सख्त घाइते भएपछि उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।


ADVERTISEMENT

# # #