काठमाडौँ – चीनको स्वशासित क्षेत्र तिब्बतले नेपाललाई स्वास्थ्य सामाग्री सहयोगस्वरुप पठाउने भएको छ ।


ADVERTISEMENT


तिब्बतले ३० हजार लिटर लिक्विड अक्सिजनसहित ८सय थान अक्सिजन भरिएको सिलिण्डर, १० वटा अक्सिजन कन्सट्रेटर, ५ भेन्टिलेटर, २०० सय आइसियु बेड र १५०० सय एन्टिजेन किट्स पठाउन लागेको हो ।


ADVERTISEMENT

# # #


नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ट्विटमार्फत तिब्बतले स्वास्थ्य सामाग्री पठाउन लागेको जानकारी दिएकी हुन् ।

चीनले यसअघि नेपाललाई २० हजार थान अक्सिजनसहित स्वास्थ्य सामाग्री सहयोग गरेको थियो ।

 

https://twitter.com/PRCAmbNepal/status/1395229496823881733?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1395229496823881733%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.onlinekhabar.com%2F2021%2F05%2F957136