बर्दिया – जिल्लामा निषेधाज्ञा अवज्ञा गर्नेलाई कारवाही गरिएको छ ।


ADVERTISEMENT


कोरोना संक्रमणको प्रवाह तीव्र रुपमा फैलिरहेको संकटलाई मध्यनजर गरी जारी गरिएको निषेधाज्ञालाई बेवास्ता गर्दै उल्लघन गर्नेलाई कारवाही गरिएको हो ।


ADVERTISEMENT

# # #


जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार, कोभिड–१९ को संक्रमण तिव्र रुपमा फैलिरहेको अवस्थामा निषेधाज्ञाको अवज्ञा गरी अनाधिकृत रुपमा यात्रु ओसार-पसार गरी संक्रमण फैलिन सक्ने अभियोगमा राजापुर क्षेत्रबाट ना ५ ख ६६४८ र भे १ ख २२३६ नम्बरको बसलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेका दुवै बसचालकलाई संक्रामक रोग ऐन २०२० अनुसार १ महिना कैद र एक सय रुपैयाँ जरिवाना तोकिएको प्रहरी नायव उपरीक्षक तथा सुचना अधिकारी हेम बहादुर शाहीले जनाएका छन् ।