काठमाडौँ – नेपाली काँग्रेसका नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अँध्यारो सुरुङमा हालेको बताएका छन् ।


ADVERTISEMENT


उनले शुक्रवार मध्यराति भएको संसद् विघटन गरी मध्यावधि चुनावको मिति तोक्ने निर्णयको विरोध गर्दै सन्की प्रधानमन्त्रीले महामारीमा समेत अधर्म गरेको टिप्पणी गर्दै प्रधानमन्त्री र राष्ट्रपतिलाई देशघाती जोडी बताएका छन् ।


ADVERTISEMENT

# # #


‘नअल्मिलिउँ, खुट्टा नकमाऔँ, सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं,’ सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले भनेका छन्, ‘खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो, न संसद । विघटन, पुनर्थापित संसदको अपमान, विश्वासको मतको नाटक, ७६ (३) को सरकार गठन, विश्वास लिनुको सट्टा ७६ (५) को आव्हान, अनुकुल नभएपछि फेरि विघटन । कस्तो सेटिङ । प्रकृया त देखाउन मात्र थियो, यिनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो र लिए ।’