काठमाडौँ – नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले राष्ट्रहित विपरित काम गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशद्रोहको मुद्दा लगाउनुपर्ने बताएका छन्।


ADVERTISEMENT


लोकतन्त्रका लागि युवा सञ्जालले आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै नेविसंघका पूर्वअध्यक्षसमेत रहेका नेता महरले जनता कोरोना महामारी जस्तो जटिल अवस्थाबाट गुज्रिरहेको समयमा राष्ट्र र जनताका संरक्षकहरूबाट नै देशमा अस्थिरता सिर्जना गर्ने काम हुनु दुखद् भएको बताए।


ADVERTISEMENT

# # #


‘राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको भ्रष्टाचारी नजर र अकर्मण्यताका कारण महामारीबाट हजारौं जनताले ज्यान गुमाउँदै छन्। जनता मार्ने काममा स्वयं सरकारको भूमिका देखिन्छु,’ उनले भने, ‘संविधानको घोर उल्लघन गर्दै ओलीको सिफारिसमा, महाभियोग लगाउन योग्य राष्ट्रपति विद्या भण्डारीले १४९ सांसदको हस्ताक्षर लत्याएर लज्जास्पद रुपमा मध्य रातको १:४९ मीनेटमा संसद बिगठन गरेको घटना असंवैधानिक र अलोकतान्त्रिक छ।ु उनले यो राष्ट्र र जनताको हितमा नभएकाले प्रधानमन्त्री र राष्ट्रपतिलाई देशद्रोहको मुद्दा लगाउनु पर्ने बताएका छन्।’

राष्ट्रपतिको कदमले संविधान उल्लघन भएकोले भएको नेता महरको ठहर छ। प्रधानमन्त्री र राष्ट्रपतिको क्रियाकलापले संविधानको मर्म च्यातिएको उनले आरोप लगाए।

‘सर्बोच्च अदालतको बैकल्पिक सरकार निर्माणको बाटो बाँकी भएसम्म संसद बिगठन गर्न नपाउने नजिरको उल्लघन गर्दै अदालतको मानहानी समेत भएको छ। देशको राष्ट्र प्रमुख भन्दा ओलीको मतियारको रुपमा प्रस्तुत हुनुभयोु,’ उनले भने।

कोरोना महामारीको कारण तोकिएको मिति कात्तिक २७ र मंशिर ३ मा निर्वाचन हुने कुनै ग्यारेन्टी नभएको बताउँदै नेता महरले कोरोनाले थिलथिलो बनेको देशलाई झनै चरम आर्थिक संकटमा पुर्‍याउन काम भइरहेको उनले बताए।

स्वास्थ्य संकटका बेला भ्रष्टाचारको आसय राख्दै भ्याक्सिनसमेत नल्याइ जनता मार्ने कार्यमा सरकार नै संलग्न भएको नेता महरको आरोप छ।

लोकतान्त्रिक पद्धति समाप्त गरेर हिटलर शैली स्थापित गर्न ओली उत्तद रहेको उनले बताए। नेता महरले ओली शैलीले जनता मार्दै बन्दुकको भरमा सत्ता चलाउने दुस्साहस पनि देखिएको आरोप लगाए।

यी आधारलाई हेर्दा प्रधानमन्त्री र राष्ट्रपतिको कदमबाट राष्ट्र अस्थिरतातर्फ जाने, जनता र राष्ट्र कमजोर हुने, पुनः द्वन्द्व निम्तिन सक्ने, लोकतान्त्रिक प्रणाली समाप्त हुने, राष्ट्र र राष्ट्रियता कमजोर हुने, जनता भोक र रोगले चिन्ता बढेको छु, उनले भने।