काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमलाई नेपाल खेलकुद महासंघले स्वागत गरेको छ । एमालेका युवा नेता समेत रहेका महासंघका बरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेतले प्रधानमन्त्री ओेलीले निर्बाचनमा जाने गरि गरेको निर्णय बर्तमान समयको आवश्यकता भन्दै सम्पूर्ण युवा जमातले यस्लाई स्वागत गरेको बताएका हुन् ।


ADVERTISEMENT


लोकतन्त्रको सुन्दर पक्ष भनेकै जनमत भएकाले राजनीतिक दलहरू अब जनतासमक्ष जानुको बिकल्प नरहेको समेत उनले बताएका छन् । प्रधानमन्त्री ओेलीले विकास र समृद्धिका लागि गरेका तमाम कामहरू देखेर प्रतिपक्षी गठबन्धन जनता समक्ष जान समेत तर्सिरहेको भन्दै अब हुने कार्तिक २६ र मँसिर ३ गतेको निर्बाचनबाट एमाले फेरि दुई तिहाई बहुमतका साथ ओेलीकै नेतृत्वमा सरकार चलाउने समेत उद्घोष गरेका छन् ।


ADVERTISEMENT

# # #


प्रतिपक्षी खेमाकै कारण संसद् बिघटन हुनुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको भन्दै नेता बस्नेतले देशको संकटको निकासका लागि नै प्रधानमन्त्री ओलीले संबैधानिक रूपमा नै लोकतान्त्रिक बाटो अबलम्बन गरेको बताएका हुन् ।

उनले प्रधानमन्त्री ओलीका सुखी नेपाली समृद्ध नेपालको बाँकी सपना पूरा गर्नका लागि घोषित निर्बाचन सफल बनाउन, ओलीको कदमलाई काँधमै बोकेर साथ दिन तथा देशलाई अँध्यारोमा लान चुनाबी माहोल बिथोल्नेहरूको पत्तासाप गर्न समेत नेता बस्नेतले युवा लगायत सबै जनताहरू समक्ष आग्रह समेत गरेका छन् ।